मकवानपुरका १२ जना पत्रकार पुरस्कृत

अखबार हब
२०८० असार १७, आईतवार २०:१४

मकवानपुर । मकवानपुरमा कृयासिल १२ जना पत्रकार पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ, मकवानपुर तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको फिचर लेखन प्रतियोगितामा २ सर्वोत्कृष्टसहित १२ जना पत्रकार पुरस्कृत भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाभित्र भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायतका विकासका क्षेत्रमा आधारित रहेर लेखिएको फिचर समाचारमा सर्वाेत्कृष्ट महिला तर्फ सुनिता विष्ट र पुरुष तर्फ सुमन दाहाललाई नगद १५ हजार सहित पुरस्कृत गरिएको होे । त्यस्तै, उत्कृष्ट १० मा रवीन ढुङ्गाना, प्रतीक्षा न्यौपाने, निशा गुरुङ्, प्रिया पौडेल, सुजन ढकाल, अनिल पराजुली, स्मिता अर्याल, श्रीराम अर्जुन, खेम बोलखे र जमुना तमाङ्लाई नगद १० हजारसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*