सिन्धुलीको घ्याङ्लेखमा टेलिकमको फोरजी सेवा

अखबार हब
२०८० असार १८, सोमबार ०९:४९

सिन्धुली । जिल्लाको घ्याङलेख गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा शुरु भएको छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको पहलमा जिल्लाको घ्याङ्लेख गाउँपालिका ५ सिंपालमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । १० वर्षे माओवादी जनयुद्धमा ‘पूर्वको रोल्पा’ भनेर चिनिने यस पालिकामा शनिवारदेखि फोरजी सेवा सञ्चालनमा आएको हो।

यस टावरमा छिट्टै टुजी सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री श्रेष्ठले जानकारी दिए । यही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा विजयी भएका मन्त्री श्रेष्ठले निर्वाचित हुनेबित्तिकै यस ठाउँलाई पनि संचारमैत्री बनाउने प्रतिबद्धता गरेका छोटो समयमै पूरा गरेको बताएका छन् ।

यस अघि पालिकाको ४ नम्बर वडाको चौकीडाँडामा पनि नेपाल टेलिकमको फोरजी सहितको सेवा सञ्चालनमा ल्याइसकेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

यस पालिका मानव विकास सूचकांकमा निकै पछि रहेको छ । बागमती प्रदेशभित्र रहेका ११९ पालिकामध्ये मानव विकास सूचकांकमा ११७ नम्बरमा रहेको यस पालिकाको समग्र विकासका लागि विशेष जोड दिने मन्त्री श्रेष्ठको प्रतिबद्धता छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*