३ लाख ७५ हजार भारतीय रुपैयाँ सहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ३ लाख ७५ भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रु वाहक बसलाई हेटौंडा–१५ रातोमाटेमा चेक जाँच गर्ने क्रममा अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बेतिया थाना बैरिया ग्राम मियापुर दवौली ७ बस्ने ४० वर्षीय रमेश साह गुप्ता रहेका छन् । गुप्ताले कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गुप्तालाई आवश्यक कारबाहीको लागि राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।







