हेटौंडामा नेपाल बैंकको एटिएम तोडफोड, हार्डवेयर पसलमा चोरी
मकवानपुर । हेटौंडामा नेपाल बैंक लिमिटेडको एटिएम मेशिन तोडफोड र एक हार्डवेयर पसलमा चोरी भएको छ । हेटौंडा–५ कान्तिलोकपथ स्थित नेपाल बैंक लिमिटेडको एटिएम मेशिन तोडफोड भएको हो ।
त्यस्तै बैंकसंगै रहेको हाम्रो पुडासैनी सप्यालर्समा समेत चोरी भएको सञ्चालक रोहित पुडासैनीले बताए ।
नेपाल बैंक लिमिटेड हेटौंडाका प्रमुख तेज प्रसाद नेपालले भने, “बैंकको एटिएम तोडफोड भएको छ, नगद चोरी भयो भएन, अनुसन्धान हुँदैछ ।” चोरी भएको जानकारी पाउँना साथ जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसन्धान टोली चोरी भएको स्थलमा पुगेको छ । के कति चोरी भयो पुरा बिवरण आउन बाँकी छ ।







