राप्ती खोलामा डुबेर एक युवकको मृत्यु, एक साताबाट हराइरहेकी महिला मृत फेला
मकवानपुर । हेटौंडामा खोलामा डुरेर र एक साताबाट हराइरहेकी महिला गरि दुवै जनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोलामा डुुबेर एक युवको मृत्यु भएको छ भने असार २५ गते देखी हराएकी हेटौंडा–१३ बुद्धचोककी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
खोलामा डुबेर मृत्यु हुनेमा अन्दाजी २०–२२ बर्षीय युवक रहेका छन् । उनको नामथर वतन खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार विहान राप्तीपुल नजिकै ३–४ जनाको समुहमा पौडी खेल्ने क्रममा ती युवक डुबेका थिए । प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा लगेको चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
मृतक युवकसंगै पौडी खेल्न गएका ४ जना युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको प्रवक्ता कार्कीले बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।
त्यस्तै मृत अवस्थामा ४३ वर्षीया महिला कृष्णमाया घलान मृत भेटिएकी हुन् । हराइरहेकी घलान एक साता पछि सोहि वडाको गोठदमारको सल्लाघारी जंगलमा मृत फेला परेकी मकवानपुर प्रहरीले जनाएको छ ।
निजका छोरा समन घलानले असार २५ गते आफ्नो आमा हराएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए । मंगलबार प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले सल्लाघारी जंगलमा सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताएका छन् । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहको प्रवक्ता कार्कीले जनाएका छन् ।







