सडक डिभिजन कार्यालय हेटौंडामा निमार्ण व्यवसायीको धर्ना

अखबार हब
२०८० असार ३१, आईतवार २०:१६

मकवानपुर । निमार्ण कार्य सम्पन्न हुदाँसमेत भुक्तानी रोकेको भन्दै निमार्ण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडा परिषरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतवार बारा, पर्सा र मकवानपुरका निमार्ण व्यवसायीहरुले काम सम्पन्न हुदाँ समेत विभिन्न बाहानामा भौतिक मन्त्रालय मातहतको कार्यालयले भुक्तानी रोकेको भन्दै सडक डिभिजन कार्यालय परिषरमा विरोध स्वरुप धर्ना बसेका हुन् ।

नेपाल सरकारको सरोकारवाला निकायहरुले बोलपत्र मार्फत ठेक्का सम्झौता गरि व्यवसायीहरुले योजना सम्पन्न भएसँगै नियम अनुसार भुक्तानी माग गर्दासमेत रकम निकासी नहुदाँ सम्पूर्ण निमार्ण व्यवसायी र आश्रित लाखौँ मजदुरको रोजिरोटी खोसिएको निमार्ण व्यवासयी संघ मकवानपुरका महासचीव राजेन्द्रप्रसाद चौलागाईंले बताए ।

मकवानपुर जिल्लामा मात्र निमार्ण सम्पन्न भएका योजनाहरुकोे २० करोड भन्दा बढी रकम रोकिएको चौलागाईंले बताए ।

नियम अनुसार म्याद थप गर्नु पर्ने योजनाको म्याद थप गर्नु पर्ने तथा रोकिएको रकम यथासिघ्र भुक्तानी नभए भोलीको दिनबाट कार्यालय घेराउ, प्रवेश निषेध लगायत थप कडा आन्दोलन गरिने निमार्ण व्यवसायी संघ मकवानपुरका सदस्य चेतबहादुर थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*