हेटौंडाको रातोमाटेबाट अबैध कपडा बरामद

अखबार हब
२०८० जेष्ठ ३१, बुधबार ११:०१

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१५ रातोमाटेबाट अबैध कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा एकसय थान साडी र छसय थान सल बरामद गरिएको हो । प्रहरीका अनुसार कपडाको मूल्य करिब एकलाख ५ हजार रुपैयाँ बराबर रहेको छ ।

प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*