समाज/राजनीति
कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय...
देश विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयो :अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताएका छन् । एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो...
विद्यार्थी नेता बने कांग्रेसको प्रदेश क्षेत्रीय सभापति
काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलाम क्षेत्र नं. १ (ख) प्रदेश क्षेत्रीय कार्यसमितिको सभापतिमा विद्यार्थी नेता निश्कल राई निर्वाचित भएका छन् । ३२ वर्षीय राई काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् । राईले तीन जना प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्रदेश क्षेत्रीय सभापति बनेका हुन्...
एमाले महोत्तरीका इन्चार्जले महाधिवेशन प्रतिनिधिमा आफूखुसी नाम पठाएको आरोप
महोत्तरी । नेकपा एमाले महोत्तरीको महाअधिवेसन प्रतिनिधि चयन अझै निश्कर्षमा पुग्न सकेको छैन । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने माहाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूबीच विवाद लम्बिदै गएको छ । यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले...
वीपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्नसक्छुः प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए । ‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज...
ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व,२ ‘क’ मा सर्वसम्मत
ललितपुर । नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो । ललितपुर १ ‘क’ मा मिलन सिलवाल र ‘ख’मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २‘क’ मा...
आफ्नै जिल्लामा कमजोर देखिए गृहमन्त्री खाण
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाण आफ्नै जिल्ला रूपन्देहीमा भने कमजोर देखिएका छन्। नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत रूपन्देहीमा सम्पन्न निर्वाचन परिणामलाई हेर्दा खाण आफ्नै जिल्लामा कमजोर देखिएका हुन्। शुक्रबार सम्पन्न प्रदेशसभा क्षेत्र निर्वाचनमा तीन वटा क्षेत्रमा मात्र खाण...
कांग्रेस महाधिवेशन : मकवानपुरको ४ वटै क्षेत्रमा देउवा प्यानलको वर्चस्व
मकवानपुर । कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । मकवानपुरमा २ प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रत्येक क्षेत्रमा २५ जनाको निर्वाचन भएको हो । जिल्लाको ४ क्षेत्रमा ७ जनाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए । जिल्लामा पार्टी सभापति शेरबहादुर...
मकवानपुर क्षेत्र २ प्रदेश सभा (ख) को सभापतिमा कालाखेतिसहित प्यानल विजयी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रञ्जन कालाखेति को प्यानलनै निर्वाचित भएका छन् । उनले २९२ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रामकृष्ण प्रजाले २२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । त्यस्तै उपसभापतिमा...
मकवानपुर क्षेत्र २ प्रदेश सभा (क)को सभापतिमा गोपाली विजयी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ प्रदेशसभा (क) को सभापति पदमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् । उनको प्रतिद्धन्दी सुजन गोपाली पराजित हुन पुगेकाछन् । खड्ग बहादुर गोपालीले ३७० मत पाउँदा सुजन गोपालीले १३२ मत पाएका थिए । गोपाली सहित उनको प्यानल नै विजयी भएका...








