मकवानपुर क्षेत्र २ प्रदेश सभा (क)को सभापतिमा गोपाली विजयी

अखबार हब
२०७८ मंसिर ४, शनिबार ०८:४१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ प्रदेशसभा (क) को सभापति पदमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् ।

उनको प्रतिद्धन्दी सुजन गोपाली पराजित हुन पुगेकाछन् । खड्ग बहादुर गोपालीले ३७० मत पाउँदा सुजन गोपालीले १३२ मत पाएका थिए । गोपाली सहित उनको प्यानल नै विजयी भएका छन् ।

उपसभापतिमा ईश्वरी शाहीठकुरी (२७७), निरोज रानामगर (२०९), रन्जन कठायत(३११) र रामशरण तामाङ (११४)ले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा ठकुरी र कठायत विजयी भएका छन् । सचिवमा भने नरहरी गोपाली (३७४), सुरेश लामिछाने(१४९), राजेशबाबु सापकोटा (३२६)को उम्मेदवारी परेकोमा निर्वाचनबाट गोपाली र सापकोटा विजयी भएका छन् ।

सहसचिवमा कुमार लामा (१६५), रामशरण गोपाली (३०४), समिता रसाइली (२७७) र हरिशरण देवकाटा (१०९)को उम्मेदवारी परेको थियो । जसमध्ये गोपाली र रसाइली विजयी भएका छन् । प्रदेश अधिवेशनको महिला तर्फ कुसुम सुवेदी बानियाँ, बुनुकुमारी आचार्य, राधिका सुनार निर्विरोध चयन भएका छन् ।

खुला प्रत्यक्षतर्फ अच्युत अधिकारी (३१३), अमृत तामाङ (१७७), दिनेश शिवाकोटी (२६४), दीपक गोपाली (१३९), नन्दलाल लामा(१३४), नवराज लामा (२१६), प्रविण हुमागाई (२७९), मिलन पुडासैनी(३१८), रामकृष्ण लामिछाने(२२७), रामशरण धिताल(७८), रुपक बानियाँ (२६२), विकेशलाल श्रेष्ठ(३७३), विक्रमसिंह गुरुङ(रोशन भोटे) (१५६) र सरोज लामा (१२९)को उम्मेदवारी परेको थियो ।

जसमा विकेशलाल श्रेष्ठ, मिलन पुडासैनी, अच्युत अधिकारी, प्रविण हुमागाई, दिनेश शिवाकोटी, रुपक बानियाँ र रामकृष्ण लामिछाने विजयी भएका छन् ।

त्यस्तै, खसआर्य तर्फ गोपाल अधिकारी (१३१) र सन्तोष चौलागाई (२९१)को उम्मेदवारी परेकोमा चौलागाई विजयी भएका छन् भने महिला तर्फ जानकी गिरी निर्विरोध भएकी छिन् । आदिबासी जनजाति पुरुषतर्फ नेत्रमान प्रधान (३१७), सुमन गोले(२१३)र विकास बलामी (३३०) को उम्मेदवारी परेकोमा प्रधान र बलामी विजयी भएक छन् भने महिला तर्फ भवानी प्रधान र सञ्जिता घलान निर्विरोध भएकी छिन् ।

दलित तर्फभने पुरुषोत्तम विश्वकर्मा र अपाङ्गता तर्फ राजाराम नेपाल निर्विरोध चयन भएका छन् । सो क्षेत्रमा ५४७ मतदाता रहेकोमा ५२७ मत खसेको निर्वाचन अधिकृत राजुबाबु पहाडीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*