विद्यार्थी नेता बने कांग्रेसको प्रदेश क्षेत्रीय सभापति

अखबार हब
२०७८ मंसिर ४, शनिबार १८:३५

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलाम क्षेत्र नं. १ (ख) प्रदेश क्षेत्रीय कार्यसमितिको सभापतिमा विद्यार्थी नेता निश्कल राई निर्वाचित भएका छन् । ३२ वर्षीय राई काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् । राईले तीन जना प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्रदेश क्षेत्रीय सभापति बनेका हुन् ।

शनिबार भएको प्रदेश क्षेत्रीय अधिवेशनमा उनले १६१ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ र सुवक श्रेष्ठले १४ मत पाए ।

राई यसअघि इलाम क्षेत्र नं. १ क्षेत्रीय समितिका सहसचिव थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*