कांग्रेस महाधिवेशन : मकवानपुरको ४ वटै क्षेत्रमा देउवा प्यानलको वर्चस्व

अखबार हब
२०७८ मंसिर ४, शनिबार १०:४९

मकवानपुर । कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । मकवानपुरमा २ प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रत्येक क्षेत्रमा २५ जनाको निर्वाचन भएको हो ।

जिल्लाको ४ क्षेत्रमा ७ जनाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए । जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा प्यानल समर्थित र संस्थापनइतर रामचन्द्र पौडेल प्यानलका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिए तापनि देउवा पक्ष बलियो भएको पुष्टि भएको छ ।

मकवानपुरमा सबै क्षेत्रको शनिबार बिहान आएको नतिजा अनुसार देउवाको खास मान्छेको पहिचान बनाएका जिल्ला सभापति इन्द्र बानियाँ पक्षका ३ सभापति निवार्चित भएका छन् । यस्तै एक जना सभापति निर्विरोध भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*