मकवानपुर क्षेत्र २ प्रदेश सभा (ख) को सभापतिमा कालाखेतिसहित प्यानल विजयी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रञ्जन कालाखेति को प्यानलनै निर्वाचित भएका छन् ।
उनले २९२ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रामकृष्ण प्रजाले २२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
त्यस्तै उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ निर्वाचित भएका छन् । नेगीले ३०४ र थिङ्ले २५७ मत प्राप्त गरेका थिए । उपसभापति पदमा मुक्तीनाथ अधिकारीले १५५ र रामकुमार ब्लोनले २१७ मत प्राप्त गरेका थिए । सचिव पदमा भने कृष्ण योन्जन र नवराज पौडेल निर्वाचित भएका छन् । योन्जनले ३४३ मत प्राप्त गरे भने पौडेलले २६० मत पाए । सह–सचिव पदमा गोपीलाल थिङ र शालिकराम अधिकारी निर्वाचित भए । थिङले ३११ मत प्राप्त गर्दा अधिकारीले २५६ मत पाए । सह–सचिव पदमा राजेश अधिकारीले २४४ र ज्ञानबहादुर घलानले १८३ मत पाएका हुन् ।
प्रत्यक्ष महिला तर्फ देवकी उप्रेति,पदमा देवी श्रेष्ठ र यासिका माया घिसिङ निर्वाचित भएका छन् । उप्रेतिले २६६,श्रेष्ठले २२१ र घिसिङ २४१ मत प्राप्त गरेका थिए ।
प्रत्यक्ष खुल्ला तर्फ रत्न बहादुर ब्लोन (२९५),कान्छा राम रुम्बा(२८०),निरशंकर लामा(२५२),कविता बर्तौला(२५१),निराजन बर्तौला(२३५),कृष्णहरि कालाखेती (२१६) र बेल बहादुर मुक्तान(२१०) निर्वाचित भएका छन् ।
त्यस्तै, खसआर्य तर्फ प्रह्लाद अर्याल (१६२) र जयन्ती पाठक(२६०)को उम्मेदवारी परेकोमा पाठक विजयी भएका छन् । आदिबासी जनजातिको महिला तर्फ सावित्री थिङ (१८४), संगीता थिङ (२५४), सीता बल(२७४) र जमुना गुरुङ(१४४)को उम्मेदवारी परेकोमा बल र थिङ विजयी भएकी छिन् । खुला तर्फभने टेक बहादुर पाख्रीन (२०५), मित्रलाल मुक्तान(१६१), निजन घलान (२५४), ठुलोकान्छा लामा(२६५), र सागर जिम्बा (२७१)को उम्मेदवार परेको थियो । जसमा घलान, लामा र जिम्बा विजयी भएका छन् ।
दलित तर्फभने लोकबहादुर नेपाली निर्विरोध भएका छन भने अल्पसख्ंयकतर्फ विन्दु प्रजा (१८४) र विनोदकुमार प्रजा (२५५)बीच भएको प्रतिस्पर्धामा विनोदकुमार प्रजा विजयी भएका छन् ।







