समाज/राजनीति

तीन सहमहामन्त्री पदको मतगणना शुरू

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो । श्रेष्ठका अनुसार अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु हुँदै

काठमडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदको मत गणना सुरु हुन लागेको निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री पदको महिला, दलित, जनजातितर्फ मतगणना गर्न लागिएको हो । समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।

जितपछि विश्वप्रकाशले भनेः कांग्रेस रुपान्तरणको यात्रा शुरु भयो

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय...

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान...

गच्छदार जब पार्टीमा २ मतले हारे…

२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पार्टी उपसभापति पदमा पराजित भएपछि छटपटिएका छन् । उनी यसकारण पनि छटपटिएका हुन् कि अहिलेसम्म उनले कुनै पनि निर्वाचनमा हार बेहोर्न परेको छैन । पार्टीको १४ औं महाधिवेशनमा नेतृत्व छनौटका लागि भएको निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ...

चुनाव हारे पनि जितेको महसुस भएको छ : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उप–सभापति पदमा पराजित भएपनि आफुले उठाउँदै आएको लैङ्गिकलगायत अससमानताविरुद्ध अविचलित रही लडिरहने प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै पराजित भएपनि आफुले जितेको महसुस गरेको बताएकी हुन्। कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि...

उपसभापतिको मतगणना सुरु, मतपरिणाम पनि आजै आउने

काठमाडौं । नेपाली कांग्रेस उपसभापतिको मतगणना सुरु भएको छ । सम्पन्न निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । मतगणना सुरु भइसकेको छ । मतपरिणाम पनि आजै आउँछ ।’ उनका अनुसार महामन्त्रीको मतगणना भने भोलि हुनेछ । नेपाली कांग्रेसको...

प्रदेश पदाधिकारीको टुंगो पुस ३ गतेभित्र लगाउन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन दिएको छ। पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुंगो लगाउन मातहतका कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको हो। पुस २ गतेभित्र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि नामसहित सबै विवरण पठाउनु...

व्यक्तिको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छः रिजाल

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेता डा. मिनेन्द्र रिजालले आफ्नो समूहले पार्टीमा व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा शेखर प्यानलसहित शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । सभापति पदको दोस्रो चरणको चुनावमा शेखर पराजित भए, देउवा सभापति चुनिएका छन् । अरु...

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए...