समाज/राजनीति

सत्ता जोगाउन मनपरी मन्त्रालय फुटाइए,एउटा मन्त्रालय टुक्य्राउँदा वार्षिक एक अर्ब व्ययभार थपिने

काठमाडौँ । प्रशासनिक पुनःसंरचना र सार्वजनिक खर्च पुनरावलोकनसम्बन्धी दुई छुट्टाछुट्टै आयोगका प्रतिवेदनविपरीत प्रदेशहरूमा धमाधम मन्त्रालय फुटाइएको छ । केही प्रदेशमा सरकार टिकाउन र मन्त्रालय फुटाएर भागबन्डा मिलाउन मुख्यमन्त्रीले आन्तरिक छलफल गरिरहेका छन् । संविधानमा संघमा २५ जनासम्म र प्रदेशमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री राख्न सकिने व्यवस्था छ । तर, प्रशासनविज्ञ काशीराज...

विवाह दर्ता गर्न ३ हजार घुस लिने वडा सचिव पक्राउ

रुपन्देही । विवाह दर्ता गर्दाका लागि घुस लिने एकजना रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का वडा सचिव मोहम्मद सिद्धिक अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो । सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै घुस मागरेको भन्ने...

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा। शेखर कोइराला पक्षका हुन् ।

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् । फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १७७७ मत गन्दा उमाकान्त चौधरीले ९८३ र तेजुलाल चौधरीले ७६९ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा। शेखर कोइराला पक्षका हुन् । थारु क्लष्टरबाट...

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका आङ्देम्बे निर्वाचित

काठमाडौँ । कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । प्रतिस्पर्धी विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित भएका हुन् । विजयी आङ्देम्बेले २ हजार ७११ मत पाए भने लामाले १ हजार ९१३ मत ल्याए । तर मतपरिणाम औपचारिक घोषणा बाँकी छ । महिला सहमहामन्त्रीमा...

कांग्रेस सहमहामन्त्रीमा डिना उपाध्याय विजयी

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणनामा महिलातर्फको सहमहामन्त्री पदमा डिना उपाध्याय विजयी भएकी छन्। उनले २५३३ मत पाएकी छन्। उनकी प्रतिष्पर्धी कमला पन्तले २१०५ पाएकी छन्। कांग्रेस सहमहामन्त्रीको महिलातर्फ ४६३८ मत खसेको थियो।

महिला सह–महामन्त्रीमा १२३ मतले डिनाको अग्रता

कांग्रेस सह–महामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ले १२३ मतले अग्रता कायम गरेकी छन् । अहिलेसम्म सार्वजनिक भएको एक हजार ५०४ मत गणना हुँदा डिनाले ८०६ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत...

कांग्रेस सहमहामन्त्रीमा भीडन्त : आदिवासी जनजातितर्फ भीष्मराजको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ । जारी मत गणनामा आदिवासी जनजातितर्फ एक हजार ६०० मत गन्दा भीष्मराज आङदेम्बेले ९३५ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनका प्रतिद्वन्द्वी विकाश लामा २९२ मतले पछि परेका छन् । लामाले ६४३ मत ल्याएका छन् ।...