कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका आङ्देम्बे निर्वाचित

अखबार हब
२०७८ पुष २, शुक्रबार ०९:२३

काठमाडौँ । कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । प्रतिस्पर्धी विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित भएका हुन् ।

विजयी आङ्देम्बेले २ हजार ७११ मत पाए भने लामाले १ हजार ९१३ मत ल्याए । तर मतपरिणाम औपचारिक घोषणा बाँकी छ ।

महिला सहमहामन्त्रीमा भने महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी कमला पन्तलाई हराउँदै विजयी बनेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*