थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार १७७७ मत गन्दा उमाकान्त चौधरीले ९८३ र तेजुलाल चौधरीले ७६९ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा। शेखर कोइराला पक्षका हुन् । थारु क्लष्टरबाट कांग्रेसका एकजना सहमहामन्त्री निर्वाचित हुनेछन्।
कांग्रेसका आठ सहमहामन्त्री पदमध्ये तीन क्लष्टर ९महिला, दलित र आदिवासी जनजाती०को भने बिहीबारै नतिजा आइसकेको छ । जसमा महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदेम्बे निर्वाचित भइसकेका छन् ।







