समाज/राजनीति

माओवादी केन्द्रको वागमती अध्यक्षमा पौडेल र उपाध्यक्षमा छिन्तु विजयी

मकवानपुर। माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । वागमती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गरेका हुन् । दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त...

मन्त्रालय विभाजनसँगै प्रदेश सरकारको खर्च बढ्दो,सेवासुविधा बाहेक वार्षिक डेढ करोड रुपैयाँ अनावश्यक खर्च

मकवानपुर । वागमती प्रदेशमा गठबन्धनलाई खुशी बनाउन अनावश्यकरुपमा मन्त्रालय विभाजन गरेसँगै सरकारी खर्च बढ्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै मात्रै ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएसँगै सरकारी खर्च बढेने भएको हो । प्रदेश सरकारले तीनपटक गरेर ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने अझै...

माओवादी वागमती प्रदेश नेतृत्व चयनमा निर्वाचन (उम्मेदवारको सूची)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी निर्वाचनअन्तर्गत सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका हुन् । अध्यक्षसहित ९ पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डीबी तामाङले जानकारी दिए ।...

सूर्य चिन्ह हाम्रो भइसकेको थियो, षड्यन्त्र गरेर ओलीलाई बचाइयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको तर्क छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल...

महिला खुला केन्द्रीय सदस्यः डा डिला संग्रौलाको अग्रता कायमै (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २०६५ मत गणना भएको छ। ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् । पछिल्लो परिणाम अनुसार डा. डिला संग्रौलाले सबैभन्दा धेरै १२६८ मत पाएकी छन् ।...

एमालेको अवरोधले राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए । एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले...

काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने विश्वप्रकाशको घोषणा

काठमाडौँ । भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्।

वागमतीमा माओवादीको सहमति प्रयास असफल, त्रिपक्षीय भिडन्तको सम्भावना

काठमाडौं। प्रदेश अध्यक्षका दावेदारहरु पछाडि नहटेपछि नेकपा (माओवादी) केन्द्रको वागमती प्रदेश पदाधिकारीका सहमतिमा चयन गर्ने प्रयास असफल भएको छ। गत मंसिर २५ मा प्रदेश सम्मलेन उद्घाटन भएको थियो । मुख्य गरी अध्यक्षमा सहमति जुट्न नसक्दा २७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा भएको थियो । अध्यक्षका दावेदारमध्यका एक सरल सहयात्री...

कांग्रेसमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मको इन्ट्री,वौद्धिक नेता आउट

काठमाडौं। नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् । आज राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् ।...

नेविसंघ र तरुण दल नेतृत्वविहीन

काठमाडौं । नेपाली कांग्रेसको मुख्य भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन भएका छन् । दुवै संस्थाका केन्द्रीय अध्यक्ष नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै कांग्रेस विधानको व्यवस्था अनुसार पद रिक्त भएको हो । कांग्रेस विधानको दफा ४२ को उपदफा १ को घ मा...