माओवादी वागमती प्रदेश नेतृत्व चयनमा निर्वाचन (उम्मेदवारको सूची)

९ पदाधिकारीका लागि २९ जनाको मनोनयन दर्ता
अखबार हब
२०७८ पुष ५, सोमबार २०:२१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी निर्वाचनअन्तर्गत सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका हुन् ।

अध्यक्षसहित ९ पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डीबी तामाङले जानकारी दिए । उनका अनुसार उपाध्यक्षका लागि १०, सचिवमा ४, सहसचिवमा १० र कोषाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

वागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।

अध्यक्ष र पदाधिकारी छनोटका लागि प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी वागमती प्रदेश कमिटी सदस्य विदुर खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*