खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।
किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।







