उपसभापतिको मतगणना सुरु, मतपरिणाम पनि आजै आउने

अखबार हब
२०७८ मंसिर २९, बुधबार १६:४४

काठमाडौं । नेपाली कांग्रेस उपसभापतिको मतगणना सुरु भएको छ । सम्पन्न निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । मतगणना सुरु भइसकेको छ । मतपरिणाम पनि आजै आउँछ ।’ उनका अनुसार महामन्त्रीको मतगणना भने भोलि हुनेछ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिबाहेक अन्य पदको मतगणनाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बसेको थियो । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिको मत गणना सुरु भएपनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुन बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*