चुनाव हारे पनि जितेको महसुस भएको छ : सुजाता कोइराला

अखबार हब
२०७८ पुष १, बिहीबार ०९:५५

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उप–सभापति पदमा पराजित भएपनि आफुले उठाउँदै आएको लैङ्गिकलगायत अससमानताविरुद्ध अविचलित रही लडिरहने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

उनले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै पराजित भएपनि आफुले जितेको महसुस गरेको बताएकी हुन्। कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि आफूले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको उनको भनाइ छ। देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी हुन आएका महिला मतदाताको मुहारमा आशा र उत्साह देखेकोले आफुलाई थप हौसला मिलेको उनले उल्लेख गरेकी छिन्।

महाधिवेशनमा सहभागी महिलामा देखिएको उत्साहले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउने उनको विश्वास छ। कोइरालाले सबैलाई महाधिवेशनपछि कांग्रेस एकढिक्का भएर लोकतन्त्र बलियो बनाउन अपिल गरेकी छिन्। उनले उप–सभापतिमा विजयी खड्का र गुरुङलाई बधाई दिँदै सफल कार्यकालको कामना गरिन्। सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उठेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published.


*