समाज/राजनीति
न्यौपानेमाथिको सांघातिक आक्रमण प्रति सात राजनीतिक दलको बिरोध
हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणप्रति मकवानपुरका सात राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक संयुक्त विज्ञप्ति निकाल्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, रास्वपाले जनप्रतिनिधि माथिको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै...
मनहरी गाउँपालिकालाई एमालेको २१ बुँदे ध्यानाकर्षण
मनहरी । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मनहरी गाउँपालिका नेतृत्वलाई २१ वटा बुँदामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी अध्यक्ष नविन सुवेदीको अगुवाइमा एमालेजनले मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यकक्षमै गएर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा तत्कालीन समयमा एमाले नेतृत्वको स्थानीय सरकार हुँदा तय भएको पर्यटन विकास...
वन मन्त्रालयको बजेट खर्चमा मुख्यमन्त्रीको चिन्ता
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशको वन तथा वातावरण मन्त्रालयले विनियोजित बजेट सन्तोषजनक रुपमा खर्च गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म जम्मा २५ प्रतिशत मात्र बजेट खर्च...
हेटाैंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले
हेटौंडा । नेकपा एमाले मकवानपुरले चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा...
हेटौंडामा लोकतन्त्रको रक्षा र गणतन्त्रको सुदृढीकरणबारे अन्तरसंवाद
हेटौंडा । नेकपा एमाले मकवानपुरको आयोजनामा तथा सामाजिक संघ संस्था समन्वय संयन्त्रको संयोजनमा लोकतन्त्र, संविधान र उपलब्धि विषयक नागरिक अन्तरसंवाद कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले लोकतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने स्पष्ट पार्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले...
मकवानपुरमा अनेरास्ववियुबाट स्ववियुमा निर्वाचितलाई सम्मान
हेटौंडा । मकवानपुरमा ५ चैतमा भएको स्ववियु निर्वाचन–२०८१ अन्तर्गत् अनेरास्ववियुबाट विजयी बनेका पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले मकवानपुरको जनसंगठन समन्वय संयन्त्रले अनेरास्ववियुबाट मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वंशगोपाल क्याम्पस, वनविज्ञान संस्थानमा निर्वाचित स्ववियु सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई बिहीवार पार्टी...
मकवानपुरमा हिदमले फर्काएको अनेरास्ववियुको बिरासत
हेटौंडा । मकवानपुरमा आठ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने गर्दछ । जसमा जिल्लाका सबै राजनीतिक दलले मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउने गर्छन । जिल्लाकै ठूलो शैक्षिक संस्था मकवानपुर क्याम्पसको हरेक स्ववियु निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलको सिंगो नेतृत्व पंक्ति खटिने गरेको...
मकवानपुर क्याम्पसमा अनेरास्ववियुका रेग्मी निर्वाचित
हेटौंडा । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका रेग्मी ७०६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन्...
हेटौंडा क्याम्पसमा अनेरास्ववियुका मैनाली निर्वाचित
हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा अभि मैनाली निर्वाचित भएका छन् । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन्...
हेटौंडाको वन विज्ञान क्याम्पसमा नेविसंघको नेतृत्व
हेटौंडा । स्वतन्त्र विधार्थी युनियन ( स्ववियु) निर्वाचन अन्तर्गत हेटौंडाको वन विज्ञान क्याम्पसमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहिले ११८ मत ल्याए । सचिवमा अनेरास्ववियुका सुगम भुषाल क्षेत्री २६७ मत...










