मकवानपुर क्याम्पसमा अनेरास्ववियुका रेग्मी निर्वाचित

अखबार हब
२०८१ चैत्र ५, बुधबार ०९:१७

हेटौंडा । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् ।

मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका रेग्मी ७०६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन् ।

सचीव पदमा नेविसंघका उत्सव ढुंगानाले ७११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्कीले ५४४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेलले ७०४ मत प्राप्त गर्दा क्रान्तिकारीका अमन रायले ५४४ मत प्राप्त गरे ।

त्यस्तै सदस्यहरुमा मनोज घलान (७८९), उमेश चौधरी(७२५), दिवस चापागाई(७३४), साजिर अन्सारी(६७३), कृष्ण थिङ्ग(६३८), मन्दिप थापा(६३३), विवश अर्याल(६१६) र अतित अधिकारी(६२०) निर्वाचित भएका छन् ।

क्याम्पसमा अनेरास्ववियु र नेविसंघले सयुक्त रुपमा चुनाव लडेका थिए भने अखिल क्रान्तिकारी, अनेरास्ववियू र राजावादी विद्यार्थी संघठनहरुले छुट्टै प्यानल बनाएर चुनाव लडेका थिए । निर्वाचनमा एक हजार २८१ जना विद्यार्थीले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*