हेटौंडा क्याम्पसमा अनेरास्ववियुका मैनाली निर्वाचित

अखबार हब
२०८१ चैत्र ५, बुधबार ०३:१४

हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा अभि मैनाली निर्वाचित भएका छन् ।

मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् ।

सचीव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे ।

त्यस्तै सदस्यहरुमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् ।

साथै समानुपातिक तर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*