समाज/राजनीति
निर्माण क्षेत्रलाई दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
हेटौंडा । गृहमन्त्री रमेश लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरेका छन् । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले...
विपद् प्रतिकार्य द्रुत टोली बनाउँदै एमाले मकवानपुर
हेटौंडा । नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ । एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग र वन तथा वातावरण विभागको मंगलबार पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको...
बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई
हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री प्रकाश श्रेष्ठले पाएका छन् । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्स दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई...
अखिल क्रान्तिकारीको हेटौंडा औद्योगिक क्षेत्र भ्रमण
हेटौंडा । अखिल(क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुको अध्ययन अवलोकन गरेका छन् । सैद्धान्तिकसंगै ब्यवहारिक स्थलगत अध्धयनको लागि औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइलीले बताए । क्याम्पसमा अध्ययनरत करिब ४० विद्यार्थीको समूह सहित...
समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष चौलागाईं चौतारीमा फर्किए
हेटौंडा । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार सगठन समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईं प्रेस चौतारी मकवानपुरमा फर्किएका छन् । प्रेस चौतारी मकवानपुरको नवौं जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष चौलागाईं प्रेस चौतारी नेपालमा फर्किएका हुन् । अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका सचिव योगेश भट्टराईसहित प्रेस चौतारीका...
मध्यवर्तीका कारण जनताको जीवनशैली असहज भयोः बर्तौला
हेटौंडा। नेकपा एमालेका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नं २ का सांसद महेश बर्तौलाले मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने बताएका छन् । मध्यवर्ती क्षेत्रको कारण मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका केही वडामा जनताको जीवनशैली असहज भएको र विकास निर्माणको काममा समेत बाधा पुगेको उनले बताए । शनिबार हेटौंडामा आयोजित पत्रकार...
शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो: बर्तौला
हेटौंडा । नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् । हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् । ´हरेक शिक्षकहरुमा अधिकार सँग सँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफुसँगै...
तीन महिने अभियानमा जुट्यो एमाले थाहा नगर
थाहा । हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान सुरु गरेको छ। माघदेखि चैत्रसम्मका लागि तोकिएको कार्यक्रम अनुसार शनिबार बसेको नगर कमिटीको पूर्ण बैठकले तीन महिने अभियान सुरु गरेको हो । नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको बैठकमा एमाले...
कार्यकर्ताकाे कुरा सुन्दै कांग्रेस क्षेत्रीय समिति
हेटाैंडा । पार्टीकाे माथिल्लाे नेतृत्व र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीबारेकाे सुझाव तथा आगामी कार्यदिशाका बारेमा छलफल गर्न नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ले क्रियाशील जागरण तथा अन्तरसंवाद सुरु गरेकाे छ । क्षेत्रीय समितिले मकवानपुरकाे कैलाश गाउँपालिकाबाट उक्त कार्यक्रमकाे सुरुवात गरेकाे हाे । क्षेत्रीय समितिले शुक्रबार कैलाश...
रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतको आदेश
पोखरा । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा...










