समाज/राजनीति
मकवानपुरको ४ वटा क्याम्पसमा स्ववियु निर्वाचन जारी, पालुङमा अनिश्चित
हेटौंडा । मकवानपुरको ७ वटा क्याम्पस मध्ये ४ वटामा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । जिल्लाका ७ क्याम्पसमध्ये मनहरी क्याम्पस र बशगोपाल बहुमुखी क्याम्पसमा निर्विरोध कार्यसमिति चयन गरेसँगै थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा विवाद देखिए पछि मतदान अनिश्चित बनेको छ भने ४ वटा क्याम्पसमा निर्वाचन जारी...
मकवानपुर क्याम्पसमा प्रसिद्ध रेग्मीको प्यानललाई पुष्कर घिमिरेकाे समर्थन
हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । आज साेमबार पत्रकार सम्मेलनमार्फत घिमिरेले भोलि ५ चैत मंगलबार हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका सभापति उम्मेदवार प्रसिद्ध रेग्मी र उनको प्यानललाई समर्थनसहित...
मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेद्वारले अनेरास्ववियुलाई सघाउने
हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को उम्मेद्वारले अनेरास्ववियुका उम्मेद्वारलाई सघाउने भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)को तर्फबाट उम्मेदवारी दिएका दुई विद्यार्थीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको जानकारी गराए सँगै अनेरास्ववियुका उम्मेद्वारलाई सहयोग गर्ने घोषणा...
मकवानपुर क्याम्पसमा स्ववियु निर्वाचनः सत्ता गठवन्धन भर्सेज विपक्ष गठवन्धन !
हेटौंडा। आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मकवानपुरको सबैभन्दा बढी विद्यार्थी अध्ययन् गर्ने क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा मुख्य तय दुई गठवन्धन बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । निर्वाचमा केन्द्रीय सरकार समिकरणमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) निकट विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ र...
वंशगोपाल क्याम्पसका स्ववियु सभापति एमालेमा फर्किए
हेटौंडा । वंशगोपाल बहुमुखी क्याम्पस हेटौंडाका स्ववियु सभापति तथा समाजवादी निकट अनेरास्ववियूका नेता दिवस सिलवाल नेकपा एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमका बीच सिलवाललाई नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, पार्टी अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, अनेरास्ववियु केन्द्रीय सदस्य तथा पार्टी...
एमाले मनहरीको दोस्रो पूर्ण बैठकः जरा अभियान प्रभावकारी बनेको निष्कर्ष
मनहरी । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको दोस्रो पूर्ण बैठक मनहरी गाउँपालिका ९ रजैयास्थित अग्निहोत्राश्रममा सकिएको छ । मंगलबार दिउँसो कमिटीका अध्यक्ष नवीन सुवेदीको अध्यक्षतामा भएको बैठकले तीन महिने जरा अभियान अन्तर्गत मनहरी गाउँपालिकाका ९ वटै वडामा भएका पार्टी र जनसंगठन कमिटीहरुको प्रगति विवरणहरुको समिक्षा गरेको थियो । बैठमा...
‘यातायात व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध छ’- मुख्यमन्त्री लामा
हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । यातायात व्यवसायीहरुलाई बाधा अवरोध पुर्याउँदै आएका ऐन, कानुनहरु प्रदेश सरकारले सरोकारवालाहरुको सुझाव लिएर संशोधन गर्न तयार रहेको उनले जानकारी गराए । नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औं वार्षिक साधारण सभाको...
शिक्षा नै विकासको मेरुदण्ड : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा नै विकासको मेरुदण्ड रहेको बताएका छन् । हेटौंडा १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले शिक्षा विकासको प्रमुख आधार भएकोले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने बताएका हुन् । गलत...
युवा संघ हेटौंडा- ४ को अध्यक्षमा ब्लोन
हेटौंडा । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ को अध्यक्षमा सुरज ब्लोन सर्वसम्मत चयन भएका छन् । आज हेटौंडामा भएको संघको दोस्रो अधिवेशनबाट ब्लोनको नेतृत्वमा १३ सदस्य वडा कमिटी सर्वसम्मत चयन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा रोशन सुवेदी, सचीवमा आशिष सुवेदी,...
निर्माण क्षेत्रलाई दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
हेटौंडा । गृहमन्त्री रमेश लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरेका छन् । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले...










