वंशगोपाल क्याम्पसका स्ववियु सभापति एमालेमा फर्किए
हेटौंडा । वंशगोपाल बहुमुखी क्याम्पस हेटौंडाका स्ववियु सभापति तथा समाजवादी निकट अनेरास्ववियूका नेता दिवस सिलवाल नेकपा एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन्।
आज एक कार्यक्रमका बीच सिलवाललाई नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, पार्टी अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, अनेरास्ववियु केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य विद्यार्थी इन्चार्ज आकाश अधिकारी, अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष अमृत बर्तौला लगायतले स्वागत गरेका थिए।
कार्यक्रममा नेकपा एमालेका नेताहरूले सिलवालको आगमनले संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए।







