मकवानपुर क्याम्पसमा स्ववियु निर्वाचनः सत्ता गठवन्धन भर्सेज विपक्ष गठवन्धन !

अखबार हब
२०८१ चैत्र १, शनिबार २१:२९

हेटौंडा। आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मकवानपुरको सबैभन्दा बढी विद्यार्थी अध्ययन् गर्ने क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा मुख्य तय दुई गठवन्धन बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचमा केन्द्रीय सरकार समिकरणमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) निकट विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले चुनावी गठवन्धन गरेका छन् भने नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी), राजावादी लगायत विपक्षी दलका पार्टीको विद्यार्थी संगठनहरु अखिल (क्रान्तिकारी), अनेरास्ववियू र राप्रवि संघ लगायतका संगठनले चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका छन् ।

सत्ता गठवन्धनको तर्फबाट अध्यक्ष पदमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी र बिपक्ष गठबन्धनको तर्फबाट अखिल (क्रान्तिकारी)का छोइसाङ लामा चुनावी प्रतिस्पर्धामा छन् भने अनेरास्ववियुबाट अध्यक्षको टिकट नपाएका अनेरास्ववियु मकवानपुरगढी गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका पुष्कर घिमिरेले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । विपक्षी गठवन्धनबाट अध्यक्षपदको उम्मेद्वार लामा वर्तमान स्ववियु अध्यक्षसमेत हुन् ।

त्यसैगरी, स्ववियु निर्वाचन समिति मकवानपुर बहुमुखी क्याम्पसले सार्वजनिक गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार सत्ता गठबन्धनको प्यानलबाट सचीव पदमा नेपाल विद्यार्थी संघका उत्सव ढुंगाना र कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोष लुइँटेल चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, विपक्ष गठबन्धनको प्यानलबाट सचीव पदमा अनेरास्वियूका दिपेश कार्की र कोषाध्यक्ष पदमा राजावादी विद्यार्थी संगठनका अमन राय चुनावी प्रतिस्पर्धामा छन्।

अध्यक्ष, सचीव, कोषाध्यक्ष र ८ सदस्य पदमा प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचीव र ८ सदस्य पदमा समानुपातिक गरि जम्मा २१ जना निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत सन्देश विडारीले जानकारी दिए । निर्वाचमा दुई हजार ६ सय ९८ जना विद्यार्थीले मतदान गर्ने निर्वाचन अधिकृत विडारीले बताए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*