युवा संघ हेटौंडा- ४ को अध्यक्षमा ब्लोन
हेटौंडा । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ को अध्यक्षमा सुरज ब्लोन सर्वसम्मत चयन भएका छन् । आज हेटौंडामा भएको संघको दोस्रो अधिवेशनबाट ब्लोनको नेतृत्वमा १३ सदस्य वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले कमिटीको उपाध्यक्षमा रोशन सुवेदी, सचीवमा आशिष सुवेदी, सहसचिवमा सचेत सिग्देल र स्मृति भुजेल चयन गरेको छ ।
वडा संयोजक ब्लोनको सभाध्यक्षतामा भएको अधिवेशनमा युवा संघ केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग उपप्रमुख मिलन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा एमाले बागमती प्रदेश सदस्य तथा पुर्वमन्त्री एकालाल श्रेष्ठ, एमाले मकवानपुरकी उपसचिव आरती पाठक, युवा सघ जिल्ला इन्चार्ज सानू लामा, नगर इन्चार्ज सविन लामा, नगर अध्यक्ष अनिल काफ्लेलगायतको उपस्थिति रहेको थियो ।







