समाज/राजनीति
देउवाको बाटो पछ्याउँदै बागमती प्रदेशमा बानियाँको विद्रोह
हेटौँडा। नेपाली कांग्रेसको बागमती प्रदेशमा हालै भएको घटनाले मुलुकको संसदीय राजनीतिमा पुनः एक पटक गम्भीर बहस जन्माएको छ । नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य, जसमा स्वयम प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अगुवाइ छ, उनले मुख्यमन्त्रीसमेत रहेका आफ्नै पार्टीका संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ विरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता...
बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत नहुँदै मुख्यमन्त्रीद्वारा पदमुक्त
हेटौँडा । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् । लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण...
बहादुर सिं लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसहित २१ सांसदले नेता बहादुर सिं विरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेता लामाबाट बागमती प्रदेशको विकास, समृद्धि...
जनसाँस्कृतिक साँझ गर्न बेरोजगारको संयोजकत्वमा परिचालन उपसमिति
हेटौंडा । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको ब्यवस्थापनमा साउन ७ गते आयोजित जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि पार्टि जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ। जनसंगठन समन्वय संयन्त्र र पार्टि...
सदस्यता नवीकरण भइसक्योः विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै...
सामान्य प्रशासनमन्त्रीमा न्यौपाने नियुक्त
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेकी जानकारी दिए । यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए...
वडाध्यक्ष सिग्देलमाथि भएको आक्रमणको एमालेद्वारा भर्त्सना
हेटौंडा । नेकपा (एमाले) मकवानपुरले वडाध्यक्ष माथि भएको हातपात घटनाको विरोध जनाएको छ । एमाले मकवानपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि भएको हातपात घटनाको भर्त्सना गरेको हो । बिहीबार विहान करिब ९ः३० बजे हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने...
काँग्रेस निकट महिला संघ मकवानपुरमा विवाद
हेटौँडा । नेपाली कांग्रेसनिकट महिला संस्था नेपाल महिला संघ मकवानपुरमा विवाद उत्पन्न भएको छ । महिला संघको पदाधिकारीले एकलौटी, अपारदर्शी र एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण गरेको भन्दै विवाद बाहिर आएको हो । महिला संघकी सदस्यता वितरण समन्वय संयोजक ईन्दिरा न्यौपानेले सोमबार पत्रकार सम्मेलन गरी महिला संघ अध्यक्ष लक्ष्मी...
हेटौंडामा रास्वपाको हस्ताक्षर अभियान सुरु
मकवानपुर। “विकृति र प्रतिशोधको अवसान, विधिको शासन कायम गर” भन्ने मूल नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौर गेटअगाडि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। जिल्ला सभापति भरत पराजुलीको नेतृत्वमा सुरु गरिएको यो अभियान पार्टी सभापति रवि लामिछानेमाथि भएको भनिएकाे राजनीतिक प्रतिशोधको विरोधमा रहेकाे सभापति पराजुलिले...
विपद् प्रतिकार्य द्रुत टोली बनाउँदै एमाले मकवानपुर
मकवानपुर । नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ । एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य बिभाग तथा जनसंगठन समन्वय संयन्त्रको बिहिबार पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली...










