तीन जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा

अखबार हब
२०८२ श्रावण १५, बुधबार ०९:३९

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्तको तयारी गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको उनी निकट सांसदले जानकारी दिए । ‘हामी तीन जनालाई मन्त्री नियुक्त गर्दैछौं । अब प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउँदैछौं । १० बजेपछि सपथ गराउने बताइएको छ ।

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छ ।

मंगलबार संसदीय दलको अविश्वास प्रस्तावको पक्ष–विपक्षमा मतदान हुँदा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाले १५ मत मात्रै पाएका थिए भने उनको विपक्ष २२ मत थियो । कांग्रेसको बागमती प्रदेश सभामा ३७ जना सांसद छन् ।

संसदीय दलको नेता रिक्त भएसँगै आज नयाँ नेता चयनका लागि मतदान हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*