हेटौंडाको वन विज्ञान क्याम्पसमा नेविसंघको नेतृत्व

अखबार हब
२०८१ चैत्र ५, बुधबार ०२:०८

हेटौंडा । स्वतन्त्र विधार्थी युनियन ( स्ववियु) निर्वाचन अन्तर्गत हेटौंडाको वन विज्ञान क्याम्पसमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् ।

नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहिले ११८ मत ल्याए ।

सचिवमा अनेरास्ववियुका सुगम भुषाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा नेविसंघकि पुर्णिम पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकि निरुता श्रेष्ठले १०२ मत ल्याईन ।
सदस्य तर्फ पनि गठवन्धनकै युनिशा धामी, विनय तिमल्सिना,रोहन केसि, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*