समाज/राजनीति
बागमतीमा ७ वर्षमा ५ पटक मन्त्रालय फुटाइयो
हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले सरकारको नेतृत्व गरेको साढे तीन महिनामै मन्त्रालय फुटाए । प्रदेश मन्त्रिपरिषद्बाट मंगलबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएको छ । जानकारहरुका अनुसार कांग्रेसबाट ११२ दिनदेखि विनाविभागीय मन्त्री रहेका मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन मन्त्रालय फुटाइएको...
हेटौंडा–१२ मा रास्वपाले आशाबिर बललाई उम्मेद्वार बनाउने
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको लागि आशाबिर बललाई उम्मेद्वार बनाउने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले बललाई वडा अध्यक्षको उम्मेद्वारमा रास्वपा...
बेरोजगार मन्त्रीलाई काम दिन मन्त्रालय फुटाउने तयारीमा बागमती प्रदेश सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजनको तयारी गरेको छ । सरकार गठन भएसँगै मन्त्रालयको भागबन्डामा समस्या भोग्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आफ्नो मन्त्रिपरिषद्का एक मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गर्न लागेका हुन् । गत साउन ९ गते कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा कांग्रेस र...
उपनिर्वाचनमा होमियो रास्वपाः सातै प्रदेशमा तोकिए ‘कमाण्डर’
काठमाडौं । संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं...
हेटौंडा–१२ मा उपनिर्वाचनको चर्चा, यसपटक कसले मार्ला बाजी ?
हेटौंडा । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिष्प्रर्धीका रुपमा देखापरेका छन्...
दीपक मनाङेको सांसद पद के हुन्छ ?
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । गुन्डानाइके मनाङेको समूहले ०६१ मा अर्का गुन्डानाइके चक्रे मिलन (मिलन गुरुङ)लाई खुँडा प्रहार गरी हत्या प्रयास गरेको घटनामा यो फैसला भएको हो । यो मुद्दामा काठमाडौं जिल्ला अदालतले...
माओवादी निकट सङ्गठनको हेटौंडा शुभकामना आदानप्रदान
हेटौंडा । हेटाैँडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको हो । वाईसीएल नेपाल मकवानपुर...
रास्वपा प्रवक्ता मनिष झाले भनेः देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् । पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा...
बागमती प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य
हेटौंडा । बागमती प्रदेशसभाको चालु(बर्षे) अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका...
वर्षे अधिवेशन अन्त्यका लागि बागमती प्रदेश प्रमुखसमक्ष सिफारिस
हेटौंडा । बागमती प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश सरकारले सिफारिस गरेको छ । मंगलबार साँझ हेटौंडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १६ गते मध्यरातबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले नेपालको संविधानको धारा १८३ को उपधारा...










