समाचार

सिआइबीको निष्कर्ष : ‘ब्रेकशु’मा लुकाएर थप ३०२ किलो सुन तस्करी 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले चिनियाँ समूहले ‘ब्रेकशु’बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सिआइबीले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जनालाई प्रतिवादी बनाएको जानकारी दिएको हो । सिआइबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सुन...

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानसहित गरिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेम्वाङको पार्थिव शरीरमा अहिले एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली अर्पणका लागि भोलि दिउँसो १ बजेसम्म राखिने र १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा श्रद्धान्जलीका लागि राखिने एमालले जनाएको...

भीमफेदीका पुडासैनीको हत्या

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीको हत्या भएको छ । पुडासैनीको हेटौंडा उपमहानगरपालिका घर भएका ७२ वर्षीय जगत बहादुर तामाङले इँटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुडासैनी र तामाङ दुबै जना काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित...

राप्ती किनारमा लागुऔषध नष्ट

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा बरामद गरेको लागुऔषध नष्ट गरेको छ । मंगलबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती नदिको किनारमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरेकोे आलुऔषध नष्ट गरेकोे हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतसमेत बाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा...

नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मंगलबार बिहानै उनले ट्वीटमार्फत् नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् । पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’ उनले...

को हुन सुवासचन्द्र नेम्वाङ ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए...

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको...

दुधेपाडी वितरण गर्दै मनहरीमा लाखौँ रकम अनियमीतता

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाले कृषकलाई पाडी वितरणको नाममा लाखौँ रकम अनियमीतता गरको पाईएको छ । आर्थीक बर्ष २०७९/८० मा स्विकृत भएको बजेटमा विपन्न,अल्पसंख्यक तथा सहिद परिवारको आर्थीका उपार्जनका लागी भन्दै गरीएको पाडी वितरणमा चरम अनियमीतता भएको पाईएको हो । गत आवमा पालिकालो वितरण गरको १ सय ८...

तीनदिने नवोदय मुन सम्पन्न

मकवानपुर । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भएको तीनदिने नवोदय नमुना संयुक्त राष्ट्र संघीय (मुन) कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।...

४८ जना एसपीको एकैपटक सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गराएको छ ।