मनहरीमा पत्रकार बन्धक बनाएरको घटना प्रति महासंघको ध्यानाकर्षण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पत्रकारलाई बन्धक बनाएको घटना प्रति पत्रकार महासंघ मकवानपुरले विरोध जनाएको छ ।
शनिबार मनहरी गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीहरुलाई हलमा बन्द गरेर पत्रकार सम्मेलन गरेको बिषयमा महासंघले विरोध जनाएको हो ।
महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आज बिज्ञप्ती जारी गर्दै मनहरी गाउँपालिकाले बोलाएको पत्रकार सम्मेलनमा पत्रकारलाई बन्धक बनाउने र नियन्त्रणमा लिने कामको बिरोध जनाएको हो ।
मनहरी गाउँपालिकाको कार्यालयले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धन बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेस माथि धावा बोल्ने लगायतका दुव्र्यवहार गर्नाले मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको महासंघ मकवानपुरले जनाएको छ । विज्ञप्ती जारी गर्दै महासंघले पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै असुरक्षित हुँदा समेत जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको दाबी गरेको छ ।
पत्रकारले प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुभन्दा विडम्बना अरु नहुने विज्ञप्तीमा उल्लेख छ ।
आखबारहब डट कममा ‘क्रसर व्यवसायी पोस्न अध्यक्ष कालाखेतीले गरे पालिकाको १६ करोड राजस्व हिनामिना’ शिषर्कको समाचार सम्प्रेषण भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
समाचारप्रती आपत्ती जनाउदै बोलाइएको पत्रकार सम्मेलनामा पत्रकारलाई स्थानीय दुई सय भन्दा बढी युवा तथा क्रसर व्यवसायीको प्रयोग गरि अघोषित रुपमा बन्धक बनाइएको थियो ।
यता पालिका अध्यक्ष कालाखेतीले भने पत्रकार सम्मेलन गर्ने सूचना आफ्नो अफिसियल पेजमा राखेकै कारण युवाहरु कार्यक्रम स्थलमा आएको दाबी गरे । अध्यक्षले आफ्नो बाहुबल देखाउनका लागि त्यस्तो प्रपन्च रचिएको कतिपयले आरोप लगाएका छन् ।
यो पनि…
क्रसर व्यवसायी पोस्न अध्यक्ष कालाखेतीले गरे पालिकाको १६ करोड राजस्व हिनामिना
https://www.akhabarhub.com/2023/09/26871/
पत्रकार बन्धक बनाएर मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको पत्रकार सम्मेलन
https://www.akhabarhub.com/2023/09/26877/
दुधेपाडी वितरण गर्दै मनहरीमा लाखौँ रकम अनियमीतता
https://www.akhabarhub.com/2023/09/26768/









