विदेशी मुद्रासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका रातोमाटे बिदेश मुद्रासहित एक जना पक्राउ परेका हुन् । उनीबाट प्रहरीले नेपाली रुपैयाँमा परिबर्तन गर्दा हुने रकम २३ लाख ३८ हजार ५ सय रुपैयाँ बरामद गरेको हो।
हेटौडातर्फ बाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेक जाँच गर्ने क्रममा माईक्रोमा सवार यात्रु भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना वडा नम्बर–९ बस्ने ४० वर्षिय रम्भु दासको साथबाट विभिन्न देशका मुद्रा सहित पक्राउ गरेको हो ।
प्रहरीले युरो, जापानी मुद्रा, साउदी रियाल गरी २३ लाख रुपैयाँ भन्दा बढी रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सबै भन्दा धेरै रकम भने साउदी रियल रकम बरामद गरेको छ ।







