समाचार

पर्यटन प्रवर्द्धन गर्न हेटौंडाका साइकलयात्रीको मेची–महाकाली साइकल यात्रा

मकवानपुर । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर हेटौंडाका ११ र बुटवलका २ सहित १३ जना साइकलयात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन्...

आज कोजाग्रत पूर्णिमा, दसैँ सकिँदै

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैं पर्व...

एकै परिवारका चारजनाको सामूहिक हत्या

मुगु । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । उनीहरूको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । छायानाथ रारा– ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा...

यो सालको चन्द्रग्रहण शनिबार लाग्ने

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात...

यात्रुसँग बढी भाडा लिने ८ सवारीले फिर्ता गरे रकम

मकवानपुर। जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको छ । दसैंको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी कारवाही गरेर यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराएको हो । दसैं अवधिभर...

हेटौंडा अस्पतालको डस्बिनमा शिशु मृत फेला

मकवानपुर । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाईनो वार्ड नजिकै महिला शौचालयमा रहेको फोहोर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन...

धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं धक्का...

बागझोरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त मोटरसाइकलको पछाडि सवार...

प्रेस युनियन मकवानपुरद्वारा प्रकाशित “विचार यात्रा” नामक स्मारिका विमोचन

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले नेपालीहरुको महान पर्ववडा दसैं शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको सभाध्यक्षता एवम् तथा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्घ लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको...

दशैंमा मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो...