हेटौंडा अस्पतालको डस्बिनमा शिशु मृत फेला

अखबार हब
२०८० कार्तिक ५, आईतवार १९:५१

मकवानपुर । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।

अस्पतालको गाईनो वार्ड नजिकै महिला शौचालयमा रहेको फोहोर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ सालनालसहित डस्टबिनमा फालेको जस्तो देखिने अवस्थामा रहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बाताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*