समाचार

लागुऔषध गाँजासहित मनहरीबाट ४ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले एक सय ५० केजी लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली स्थित खटिएको प्रहरी टोलिले गस्ति गर्दै जाने क्रममा लागुऔषध गाँजा लुकाई छिपाई बोरामा पैदल ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका...

डाक्टरलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा

मकवानपुर । अस्पतालमा डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार वसेको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा...

कर्मचारी आन्दोलनमा मकवानपुरगढीमा कार्यारत कर्मचारीको ऐकबद्धता

मकवानपुर । देशभरका स्थानीय तहका कर्मचारी पेनडाउनसहित विरोधमा उत्रिएको यो अबस्थामा मकवानपुरगढी गाउँपलिकामा कार्यारत कर्मचारीहरुले पनि संघीय निजामती सेवा ऐन संसदद्वारा पारित हुनुपर्ने माग गर्दै आन्दोलनलाई ऐकवद्धता जनाएका छन । १९ असोजबाट देश भरका सबै स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको काम काज बन्द गरी आन्दोलन गरिरहेका छन् । मकवानपुरगढी गाउपालिकामा...

हेटौंडामा सवारी दुर्घटना, सहचालकको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० कर्राचोक नजिक क्रेन दुर्घटना हुदा सोही क्रेनका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला पर्सा विरगञ्ज महानगरपालिका वडा नम्बर ३० लाल पर्सा बस्ने २८ वर्षिया बाबु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार दिनको १ः४५ बजेको समयमा कर्राचोक...

दुध उत्पादक किसानको रकम भुक्तानी गर्न रास्वपाको ध्यानाकर्षण

मकवानपुर । किसानहरुले दुग्ध विकास संस्थामा बिक्रि गरेको दुधको रकम तत्काल भुक्तानी दिन राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले दुग्ध उत्पादक सहकारी संस्था हेटौंडालाई ध्यानाकर्षण गराएको छ । दुध उत्पादक किसानहरुले दुग्ध विकास संस्थानमा बिक्रि गरेको दुधको मुल्य विगत ३ महिना सम्न नपाएकोले तत्काल रकम भुक्तानी गर्न रास्वपा र्याट नगर प्रमुख...

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थी मारिएको पुष्टि

काठमाडौँ । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै छात्र हुन् । ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको थियो । इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७...

मकवानपुरमा चाडपर्व लक्षित गर्दै ८ सय १७ जना प्रहरी परिचालन

मकवानपुर । मकवानपुर प्रहरीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार पारेको छ । चाडपर्वका समयमा प्रहरी समेत थप गरेर सुरक्षा योजना तयार पारिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । चाडपर्वको समयमा मकवानपुर जिल्लामा ८ सय १४ जना प्रहरी परिचालन गरिने प्रहरी उपरिक्षक सीताराम रिजालले जानकारी...

नगद र लागूऔषधसहित पाँच जना पक्राउ

मकवानपुर । अवैध बाटो भएर लागूऔषध कारोबार गर्ने पाँच जनालाई नगदसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद ८ लाख रुपैयाँ र प्रतिबन्धित अबैध लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका कैलाश गाउँपालिका–८ का ३१...

स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा

हेटौंडा । स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम भएको छ । दुई दिनसम्म हेटौंडाको नागरिक भवनमा समिक्षा कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालको बिशेष आतिथ्यता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको सभाध्यक्षतामा कार्यक्रम भएको हो...

बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा पोखरेल

मकवानपुर। बागमती प्रदेश उद्योग परिसंघको दोस्रो अधिवेशनले लेखराज पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पोखरेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए । हेटौंडामा शनिबार भएको अधिवेशनले परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कडेल, उपाध्यक्षहरुमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने, सूर्यप्रसाद न्यौपाने निर्वाचित भएका छन् । कार्यसमितिमा ११ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्...