दुध उत्पादक किसानको रकम भुक्तानी गर्न रास्वपाको ध्यानाकर्षण

अखबार हब
२०८० आश्विन २२, सोमबार २०:२४

मकवानपुर । किसानहरुले दुग्ध विकास संस्थामा बिक्रि गरेको दुधको रकम तत्काल भुक्तानी दिन राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले दुग्ध उत्पादक सहकारी संस्था हेटौंडालाई ध्यानाकर्षण गराएको छ ।

दुध उत्पादक किसानहरुले दुग्ध विकास संस्थानमा बिक्रि गरेको दुधको मुल्य विगत ३ महिना सम्न नपाएकोले तत्काल रकम भुक्तानी गर्न रास्वपा र्याट नगर प्रमुख दामोदर दहालले सोमबार दुग्ध उत्पादक सहकारी संस्था हेटौंडालाई ध्यानाकषर्ण गराएको हो ।

‘दूध उत्पादलक किसानहरुले पाउनु पर्ने रकमको भूक्तानी विगत ३ महिना देखी नपाएको गुनासाहरु किसानहरुले पार्टी कार्यालयमा गरेको साथै मिल्क होलिडे भन्ने शब्द प्रयोगमा ल्याएर अन्य मुलुकबाट दूध आयात गर्दा किसानहरुको उत्पादनले बजार नपाएको किसानहरुको लगानी डुब्ने अवस्था आएको साथै त्यसबाट दुध उत्पादक किसानहरुलाई ठुलो आर्थिक क्षति पुगेको पत्रका भनिएको छ ।

संस्थाले किसानहरुको समस्या यथाशिघ्र समाधान नगरे चरणबद्द आदोलनको कार्याक्रम घोषणा गर्ने नगर प्रमुख दहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*