समाचार
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा आन्दोलन घोषणा
काठमाडौं । संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले आन्दोलनको घोषणा गरेका छन् । प्याब्सन, हिसान र नेसनल प्याब्सनले, मंगलाबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले निजि विद्यालयका मागलाई नसमेटेको भन्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री बनाउँदै आएका निजी विद्यालयहरूको मर्म र...
प्रस्तावित प्रधानन्यायाधीशबारे उजुरी आह्वान
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ सुरू गर्दै सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १०...
चावहिलको तरकारी बजार डुबानमा
काठमाडौं । उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा परेको छ । अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए । सोमबारदेखि...
मकवानपुरको बागमतीमा पहिरोले घर बगाउँदा एकको मृत्यु, ६ जना अझै वेपत्ता
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएको एक जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् । वेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । अबिरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर...
उच्च अदालत पाटन हेटौंडा इजलासमा जम्मा ७ मुद्दामा मेलमिलाप
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासमा जम्मा ७ वटा मुद्दामा मेलमिलाप भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा उच्च अदालत पाटन हेटौंडा इजलासले जम्मा ७ वटा मुद्दामा मेलमिलाप गराउन सफल भएको हो । आज उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यसका बारेमा जानकारी गराएको...
एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई
काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई बुझाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण,तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज...
नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भै सक्यो : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले, देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भै सकेको तर्क गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्म निरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भैसकेको बताएका हुन् ।...
थाहा नगरमा जंगली च्याउ खाँदा तीनजना विरामी
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा जंगली च्याउ खाँदा तीनजना विरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार उनीहरु विरामी भएका हुन् । थाहा नगरपालिका–३, शिखरपुरमा जंगली च्याउ खाँदा ६४ वर्षीय बिदुर बिष्ट, ३३ वर्षीय जितेन्द्र बिष्ट र २६ वर्षीया रचना बिष्ट विरामी भएको प्रदेश प्रहरी...
जिल्ला शिक्षा कार्यालय राख्ने संघीयता विरोधी प्रावधान पास हुन दिदैनौं : सांसद देवकोटा
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्थालाई संसदबाट कुनै हालतमा पास हुन नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान राखेको भन्दै यसलाई संघीयता विरोधी भनेर टिप्पणी गरेका छन । उनले लेखेका...
मापदण्ड विपरीत रास्वपाको ‘ब्लु बस’
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई निलो रंगको बनाइएको छ । यो बसले अहिले...










