समाचार

पहिरोको कारण हेटौँडाकाठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर । पहिरोको कारण हेटौँडा–काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

भीमफेदीको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ माण्डु स्थित बागमती खोलामा माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने स्थानमा एक किशोरीको शव फेला परेको छ । आज आइतबार बिहान नाम थर वतन नखुलेको मंगोलियन अनुहारकी अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता...

बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशमा वर्षा हुने जनाएको छ । महाशाखाले उल्लेख गरेअनुसारे आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।...

बलेनले पाए विद्यावारिधि गर्न फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन् । काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत गराए । बालेनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । नगर प्रमुख साहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ...

पर्यटन नबुझ्ने मान्छे पर्यटन मन्त्री हुनु दुःखद :कीर्तिमानी आरोही शेर्पा

काठमाडौं । सेभेन समिट प्रा.लि का प्रमुख तथा १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो कान्छो नेपाली मिङमा शेर्पाले नेपालको पर्यटन नबुझ्ने मान्छे देशको पर्यटन मन्त्री भएको आरोप लगाएका छन् । सबैभन्दा छिटो विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली...

अब बस—बसमा विशाल नेपालको नक्सा

काठमाडौं । विशाल नेपाल महाअभियानले, टिष्टा काँगडासहितको भू—भाग समेटिएको नक्सा टाँस्ने अभियान जारी राखेको छ । विशाल नेपाल महाअभियानले आफ्नो तेस्रो कार्यक्रम अनुसार लगनखेल बसपार्कबाट छुट्ने बस, माइक्रोबसमा विशाल नेपालको नक्शा सहित नारा भएको १ हजार स्टिकर टास्ने काम गरेका छन् । उक्त क्रममा अभियान्ता तेजेन्द्र बस्नेतले यो तेस्रो...

हेटौंडाको पशुपति मन्दीरमा पुष्प रोपन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको पशुपति मन्दिर परिषरमा फुलका बिरुवा रोपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ समितिले मन्दिर परिषरमा पुष्प तथा वृक्ष रोपन गरेको हो । मन्दिर परिषरमा एक सय वटा भन्दा बढी फुलका विरुवा रोपिएको कार्यक्रम संयोजक रामहरी प्रसाईंले जानकारी...

नारायणी नदीमा हाम फाल्ने हेटौंडाकी उमा

मकवानपुर । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर मृत्यु भएकी महिलाको पहिचान भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार मृतक महिला मकवानपुर हेटौंडा उपमहागरपालिका वडा नं.२ की ५२ बर्षीय उमा कुमारी रेग्मी पराजुली रहेकी छन् । गत बिहीबार बिहान करिब ७ः४० बजेको समयमा उनी भरतपुर महानगरपालिका–३ स्थित...

स्याङ्जामा जिप दुर्घटना हुँदा १२ जना घाइत

काठमाडौं । स्याङजाको भिरकोट नगरपालिका ६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिदा चालकसहित १२ जना घाइते भएका हुन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरा र...

खाद्यान्न शाखा र डिपो रित्तै, मुगुका स्थानीय चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य

मुगु । दुर्गम हिमाली जिल्ला भनेर चिनिएको जिल्ला मुगु हो । कहिले सिटामोल नहुने त कहिले नुन नहुने,शिक्षा स्वास्थ्य,सडक,सञ्चारले पछि परेको जिल्ला मुगुमा हिजो आज सरकारी खाद्य गोदामहरु पनि रित्तो छ । जिल्लामा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा गोदाम र स्थानीय तहमा रहेको रातापानी विक्रि केन्द्र,श्रीकोट...