समाचार
सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो । जिल्ला न्यायधिश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् । शर्मालाई नक्कली प्रमाणपत्र...
आज कहाँ कहाँ हुन्छ भारी वर्षा
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । बिहानै देखि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि...
सभापति देउवा र अर्थमन्त्री महत मिलेर सांसद शर्मालाई फसाए : व्यवसायी प्रसाई
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् । उनले भने,‘ सुनिल शर्मालाई फसाउँने...
मकवानपुरका पौडेल एक लाख राशीसहित पुरस्कृत
मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरमा कार्यरत शसस्त्र वन सुरक्षा साखा प्रमुख यादविन्द्र पौड्याल एक लाख रुपैयाँ राशीसहित पुरस्कृत भएका छन् । वन तथा भूसंरक्षण बिभागले प्रदान गरेको एक लाख राशीको गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारबाट पौडेलाई सम्मान गरिएको हो । वनको संरक्षण, सम्वद्र्धन, दीगो उपयोग, वातावरण सन्तुलन तथा...
ज्यामिरे कालिका सामुदायिक वनका अध्यक्षसहित ५ जना पक्राउ
मकवानपुर । काठ तस्करीको आरोपमा ज्यामिरे कालिका सामुदायिक वन मनहरी – ९ का अध्यक्ष दीपक पुलामीसहित ५ जना प्रकाउ परेका छन् । गत मंगलबार साँझ सामुदायिक वनको चिरान काठ अवैध रुपमा विक्री गरेको आरोपमा ज्यामिरे कालिका सामुदायिक वनका अध्यक्ष दीपक पुलामीसहित ५ जनालाई डिभिजन वन कार्यालय,राप्ती, मनहरीले पक्राउ गरेको...
दामन रिसोर्ट २० वर्षका लागि एक करोडमा ठेक्का
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाउने भएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपैँयामा ठेक्कामा लगाउने भएको हो । पर्यटकीय स्थलको रूपमा रहेको यस दामन क्षेत्र पछिल्लो समय निकै प्रख्यात बन्दै गएको छ । काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा...
लम्पी स्किन रोग विरुद्ध प्रदेशभर खोप अभियान
मकवानपुर । गाई तथा भैंसीमा महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग नियन्त्रण गर्न बागमती प्रदेश सरकारले सप्ताहाव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशभर साउन २५ गते विहीबारदेखि ३१ गते बुधबारसम्म पछिल्लो समय गाई तथा भैंसीमा देखिएको विषाणुजन्य संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर खोप अभियान सञ्चालन गर्न लागेको कृषि तथा...
मकवानपुरमा पहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि सकुशल भेटिए
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना सकुशल भेटिएका छन् । सकुशल भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिए । वाइवका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार...
चामल निकासीमा भारतको प्रतिवन्धप्रति किसानद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । अखिल नेपाल किसान महासंघ काठमाडौंले, जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । भारतले चामल निकासीमा प्रतिबन्ध लगाएपछि काठमाडौंमा पर्न सक्ने प्रभावप्रति ध्यानाकर्षण गराउँदै महासंघले जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । अखिल नेपाल किसान महासंघ काठमाडौं जिल्ला समितिका अध्यक्ष कृष्ण बहादुर घलेले सहजै रुपमा यसको...
हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने दुवै सडक सञ्चालनमा
मकवानपुर। पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने दुईवटै सडक सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण अबरुद्ध बनेको हेटौंडा–काठमाडौं ओहोर दोहोर गर्ने भीमफेदी– भैंसे सडक खण्ड संचालनमा आएको छ । भीमफेदी – फाखेल सडक खण्डको भीमफेदी – २ मा पहिरो गएको कारण सडक अवरुद्ध भएको थियो । उक्त सडक...










