हेटौंडाको गर्दोइ डुवानमा,राप्ती र कर्रामा बाढीको सम्भावना

अखबार हब
२०८० श्रावण २८, आईतवार ११:४५

मकवानपुर । अविरल वर्षाका कारण हेटौंडा र आसपासको जनजीवन प्रभावित बनेको छ ।

गएराती देखिको वर्षाका कारण हेटौंडा–५ गर्दोइ क्षेत्र डुवानमा परेका छन् । मकवानपुरगढी र हेटौंडा आसपासको क्षेत्रमा वर्षामापन केन्द्रले भारी वर्षा मापन भएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।

यस क्षेत्र भएर बहने राप्ती,कर्रा र सामरी नदी लगायतका स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भुभागमा बसोबास गर्नेले दिउँसो सम्मै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यसैगरि हेटौंडा भएर चल्ने धेरै ग्रामीण सडक खण्डमा पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडा स्थित कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए । अहिले हेटौंडा–काठमाण्डौं चल्ने सवारीका साधनहरु बैकल्पीक बाटो भएर चलेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*