मकवानपुरमा पहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि सकुशल भेटिए

अखबार हब
२०८० श्रावण २३, मंगलवार १९:५७

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना सकुशल भेटिएका छन् ।

सकुशल भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिए ।

वाइवका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*