समाज/राजनीति
कांग्रेस मकवानपुर सभापतिमा लामिछानेको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । वुधबार हेटौंडा–२ स्थित कांग्रेस चोक नजिकै सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्बरको बनाउन आफूले सभापतिमा उम्मेदावरी दिने तयारी गरेको बताए...
जेठ ४ मा चुनाव गर्नैपर्छ– केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । ‘संविधानको सहि कार्यन्वयन उत्तर...
दिमाग खराब नगर्नुस्, यो गठबन्धन टुट्ने बेला छैन: माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’ आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
एमालेको केन्द्रीय सचिवालय बैठक शुरू
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।...
स्थानीय तहको निर्वाचनको माग गर्दै हेटौंडामा अनेरास्ववियुको सडक बहस
मकवानपुर । स्थानीय तहको निर्वाचन समयमै गर्न नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा सडक बहसको आयोजना गरेको छ । अनेरास्ववियु मकवानवपुर कमिटीले बुधबार हेटौंडाको बुद्धचोकमा सडक बहसको आयोजना गरेको हो । अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको...
आज नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउसो १ बजे बस्न लागेको हो । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको नेता विष्णु रिजालले...
स्थानीय तहको निर्वाचन जेठ ४ मा, आयोगले माग्यो १२ अर्ब खर्च
काठमाडौं । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा...
जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव हुन्छः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने भन्दै तयारीमा लाग्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते वा त्योभन्दा अघि नै एकै चरणमा स्थानीय तहको चुनाव गर्ने...
बैशाखमै स्थानीय तहको निर्वाचन गर्न अनेरास्ववियु मकवानपुरको ध्यानाकर्षण
मकवानपुर । स्थानीय तहलाई अविछिन्न रुपमा कायम राख्न चुनावको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले सोमबार बिहान मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग समेत गरेको छ । मकवानपुरका प्रमुख जिल्ला...
एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति
काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् । गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा...










