समाज/राजनीति

विप्लप समूहका कार्यकर्ताले गरे हेटौंडामा १ घण्टा चक्काजाम

मकवानपुर । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनले हेटौंडामा चक्काजाम गरेको छ । विप्लपले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध जनाउँदै आईतबार हेटौंडाको मेनरोडमा बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गरेको छ । नेपाल आयल निगमले गत मंगलबार रातिदेखि लागु हुनेगरी...

देउवालाई वामगठबन्धन गर्ने प्रचण्ड–नेपालको घुर्की, एमाले अनुहार पनि नहेर्ने पक्षमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरे कांग्रेसविरुद्ध वाम गठबन्धन गर्ने धम्की शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसीसी पेश गर्ने अडान लिएपछि माओवादीका तर्फबाट केही नेताहरुले वाम गठबन्धन गर्ने धम्की शुरु गरेका हुन् । एमसीसीसँगको अनुदान सम्झौतालाई यथास्थितिमै...

मन्त्रालयको संख्या बढाएकामा एमालेको विरोध

मोरङ । प्रदेश १ सरकारले मन्त्रालयको संख्या ७ बाट बढाएर १२ पुर्‍याएकोमा प्रमुख प्रतिपक्षी एमाले संसदीय दलले विरोध जनाएको छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार पत्रकार सम्मेलन गरी ५ दलीय गठबन्धनको सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालयको विस्तार गरेकोप्रति आपत्ति जनाएका छन् । उनले प्रदेशवासीको विकासीय योजनाको...

स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा हुने

काठमाठौं । सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक...

मुख्यमन्त्री पाण्डेको अभिव्यक्ति पदीय मर्यादा विपरित : नेकपा एमाले

मकवानपुर। प्रमुख विपक्षी दल नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित व्यक्तिगत...

आजबाट कांग्रेस मकवानपुरको सभापति विष्णु लामिछानेले सम्हाल्ने

मकवानपुुर । नेपाली कांग्रेस मकवानपुरको बागडोर आज विहीबारबाट उपसभापति विष्णु लामिछानेले सम्हाल्ने भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट तत्कालिन मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ वाग्मती प्रदेश सभापतिमा निर्वाचित भएसँगै जिल्लाको नेतृत्व लामिछानेको हातमा आइपुगेको हो । अघिल्लो हप्ता बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको वैठकले कार्यबाहक सभापतिको जिम्मेवारी लामिछानेलाई...

एमसीसी यथास्थितिमा पास हुँदैन: प्रचण्ड

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्‍बाट पारित नहुने बताएका छन्। बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन्। उनले भने, ‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका...

वागमती प्रदेशसभा स्थापनाको ४ वर्ष पुरा, अझै ३३ ऐन बन्न बाँकी

मकवानपुर । संघीय सरकारसँग साझा अधिकार सूचीका विषयमा एकमत नबन्दा कानुन निर्माणले अझै पूर्णता पाएन वागमती प्रदेशसभा स्थापना भएको मंगलबार ४ वर्ष पूरा भएको छ । २०७४ माघ १८ मा प्रदेशसभाको पहिलो बैठक बसेको थियो । संविधानअनुसार प्रदेशसभाको आयु अब एक वर्ष मात्र बाँकी छ । देश संघीयतामा गएसँगै नेपालकै पहिलो प्रदेशको...

हेटौंडाको बुद्ध चोकमा अनेरास्ववियुले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय फिर्ता गर्न माग गर्दै हेटौंडामा विद्यार्थीले प्रदर्शन गरेका छन् । बुधबार साँझ हेटौंडाको बुद्धचोकमा सरकारविरुद्ध प्रदर्शन गर्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । अनेरास्ववियू मकवानपुरले आयोजना गरेको विरोध प्रदर्शनमा ‘नाफा...

एमसीसी खारेजीको माग गर्दै २२ दलद्वारा विरोध प्रदर्शनको तयारी

काठमाडौं । नेकपा (मसाल) र क्रान्तिकारी माओवादी सहितका २२ राजनीतिक दल तथा संगठनले एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएका छन्। माघ २६ गते राजधानीमा प्रदर्शनको तयारी गरिएको २२ राजनीतिक दलद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ। ‘राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी बनौँ१’ भन्ने...