समाज/राजनीति

राजतन्त्रसँग कमल थापाको ‘डिभोर्स’

देशमा ०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर...

बालकोटमा ओली–कोइरालाबीच भेटवार्ता

काठमाडौं । मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुगेका हुन् । ओली र कोइरालाबीच पछिल्लो राजनीतिक...

कामतको नेतृत्वमा प्रेस चौतारी धनुषा कार्यसमिति चयन

धनुषा । प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः अवधेश कामत चयन भएका छन् । मंगलबार जनकपुरधाममा सम्पन्न प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनबाट कामतलाई अध्यक्षमा चयन गरिएको हो । कामतको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा ललनकुमार साह, सचिवमा विजय जयसवाल,...

नवनियुक्त मन्त्रीले मागे पर्शुराम बस्नेतसँग स्पष्टीकरण

विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलाई स्पष्टीकरण सोधेका छन् । अघिल्लो सरकारले बोर्डको सदस्य सचिव नियुक्त गरेका बस्नेतलाई प्रदेश १ का नवनियुक्त मन्त्री राईले तीन दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेका हुन् । राई आइतबार मात्रै सामाजिक मन्त्रीको...

स्थानीय तह निर्वाचन कार्यतालिका केही दिनमै ल्याउँछौंः प्रवक्ता पौडेल

काठमाडौं । निर्वाचन आयोगले केही दिनभित्रमै स्थानीय तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने बताएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि आयोग निर्वाचनको तयारीमा लागिसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ‘‘निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजो निर्णय गरेर ७७ वटै जिल्लामा मतदाता नामावली...

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा (विज्ञप्तिसहित)

मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष...

‘चुनाव घोषणा हुनु सकारात्मक, अब भयरहित वातावरणमा मतदान होस्’

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको मिति घोषणा गर्नुलाई एमालेले सकरात्मक रुपमा लिएको बताएका छन् । सञ्चारकमीसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले चुनावको मिति घोषणा गर्ने परिस्थिति निर्माण गर्न अलिकति मेहनत भने गर्नुपरेको बताए । उपाध्यक्ष पौडेलले तोकिएको मितिमा स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गराउन सरकारलाई आग्रह पनि...

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको...

एमसीसी अघि बढाउने सरकारको आग्रहमा सभामुखको विमति

काठमाडौँ । सरकारले एमसीसी सम्झौता संसद्मा अगाडि बढाउने सन्देश सभामुख अग्निप्रसाद सापकोटालाई दिएको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आइतबार सभामुखलाई भेटेर प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता पेस गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । सरकारले अनुमोदनका लागि २०७६ असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा एमसीसी...

हेटौंडामा युवा संघले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणको माग गर्दै आज साँझ हेटौंडाको बुद्धचोकमा राष्ट्रिय युवा संघ नेपाल हेटौंडा नगर कमिटीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो...