एमालेको केन्द्रीय सचिवालय बैठक शुरू

अखबार हब
२०७८ माघ १९, बुधबार १३:५२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*