आज नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

अखबार हब
२०७८ माघ १९, बुधबार ०९:२८

काठमाडौं । नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको नेता विष्णु रिजालले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published.


*